५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

महिना दिनपछि खुल्यो वन विज्ञान विश्वविद्यालयको ताला



चितवन ।
चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा प्राध्यापकले लगाएको ताला एक महिनापछि खुलेको छ। गएको चैत २१ देखि लागेको ताला २६ वैशाखबाट खुलेको विश्वविद्यालय प्रशासनले जनाएको छ। ताला खुलेसँगै विश्वविद्यालयको पठनपाठन पनि नियमितरूपमा सुचारु भएको छ। गएको चैत २१ गते विश्वविद्यालयको कृषि संकायका सहायक डिन प्राध्यापक विष्णुराज ओझालाई विद्यार्थीले कालोमोसो दलेर जुत्ताको माला लगाइदिएपछि प्राध्यापकहरूले विश्वविद्यालयमा ताला लगाएर आन्दोलित बनेका थिए। प्रजातन्त्रवादी प्राध्यापक संघले दुर्व्यवहार गर्ने विद्यार्थीलाई कारबाहीको माग गर्दै विश्वविद्यालयको पठनपाठन ठप्प पारेका थिए।

प्रकाशित मिति : २७ बैशाख २०७६ शुक्रबार ००:००  ४ : १९ बजे