३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

मोदी ४ लाख ८० हजार मतान्तरले विजय



एजेन्सी ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बनारसबाट ४ लाख ८० हजार मतान्तरले विजय हासिल गरेका छन्। उनले समाजवादी पार्टीका शालिनी यादवलाई हराएका हुन्।
यसअघि २०१४ को चुनावमा उनले ३ लाख ७१ हजार ७ सय ८४ मतले विजय हासिल गरेका थिए। उनले अघिल्लो चुनावमा आम आदमी पार्टीका प्रमुख अरविन्द केजरीवाललाई हराएका थिए।
उता उत्तर प्रदेशको राय बरेलीबाट कांग्रेस नेतृ सोनिया गान्धीले चुनाव जितेकी छन्। उनले भाजपाका दिनेश प्रताप सिंहलाई हराएकी हुन्।

प्रकाशित मिति : ९ जेष्ठ २०७६ बिहिबार ००:००  १० : १५ बजे