२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

राष्ट्रसंघ उप–महासचिव कनेम काठमाडौंमा



काठमाडौं ।
संयुक्त राष्ट्रसंघका उप-महासचिव डा. नतालिया कनेम काठमाडौं आएकी छन् । राष्ट्रसंघ जनसङ्ख्या कोष (यूएनएफपीए) का कार्यकारी निर्देशकसमेत रहेकी कनेमसँगै एसिया र प्रशान्त क्षेत्रीय निर्देशक बियोन एन्डरसन र यूएनएफपीएका चीफ अफ स्टाफ पियो स्मिथ पनि आएका छन् ।

नोभेम्वर १२–१४, २०१९ मा नैरोबीमा आयोजना हुने जनसङ्ख्या र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ९आइसीपीडी० को २५ औं शिखर सम्मेलनमा सहभागी हुन सरकारको उच्च तहलाई आमन्त्रण गर्न कनेम नेपाल आएकी हुन् । साथै कायरो सम्मेलनको प्रतिबद्धता तथा कार्ययोजना सन् २०३० सम्म पूर्ण कार्यान्वयनमा प्रतिबद्धतामा नेपालले गरेका कामहरुबारे जानकारी लिनु पनि उनको भ्रमणको उद्देश्य हो ।

दुईदिने नेपाल बसाइँको क्रममा यूएनएफपीएका उच्च प्रतिनिधिमण्डलले वरिष्ठ सरकारी अधिकारी, विकास साझेदार, सीएसओ र अन्य प्रमुख सरोकारवालाहरुसँग छलफल गर्नेछ ।

प्रकाशित मिति : ३ कार्तिक २०७६ आइतबार ००:००  १२ : ४० बजे