७ असार २०८३, आइतबार | Sun Jun 21 2026

सन्दीप ‘द हन्ड्रेड’ क्रिकेटका लागि १ करोड ४७ लाखमा अनुबन्धित



काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका अन्तर्रा्ष्ट्रिय आइकोन सन्दीप लामिछाने अहिलेसम्मकै सर्वा्धिक मुल्यमा इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेटका लागि अनुबन्धित भएका छन् ।
उनलाई १ लाख पाउन्डमा इन्भीसीबेलले अनुबन्ध र्गयो । इग्ल्यान्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ का लागि आइतबार राति भएको छनोटमा ड्राफ्टबाट सन्दीप ओभल इन्भीसीबेलमा अनुबन्धित भएका छन्। इन्भेन्सीबल्सले सन्दीपलाई १ लाख पाउण्ड करिब १ करोड ४७ लाख नेपाली रुपैयाँमा दोस्रो चरणमा अनुबन्ध गरेको हो।
विश्वका थुप्रै फ्रेन्चाइज लिग खेलिसकेका सन्दीपले ‘द हन्ड्रेड’ मा हालसम्मकै उच्च मूल्य पाएका हुन्। सन्दीप गत बुधबार मात्रै युनाइटेड अरब इमिरेट्समा आयोजना हुने टी–१० लिगका लागि कर्नाटकामा अनुबन्धित भएका थिए।
उनलाई ४५ हजार अमेरिकी डलर कर्नाटकाले अनुबन्को गरेको थियो। एक सय बलको हुने द हन्ड्रेड प्रतियोगिता सन् २०२० को १७ जुलाई देखि १६ अगष्टसम्म हुनेछ। इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने प्रतियोगितामा ८ टिम रहने छन्। हरेक टिमले ३ जना विदेशी खेलाडी राख्न पाउने व्यबस्था रहेको छ। आठ टोलीले डबल राउण्ड रोबिनको आधारमा प्रतिस्पर्धा गर्ने छन्। शीर्ष टिम फाइनलमा पुग्नेछ। यस्तै दोस्रो र तेस्रोबीचको विजेताले फाइनलमा शीर्ष टिमसँग खेल्नेछ।

प्रकाशित मिति : ४ कार्तिक २०७६ सोमबार ००:००  १ : २० बजे