२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

जिल्ला अदालत काठमाडौंका खरिदार सूर्यप्रकाश परियार घुससहित पक्राउ



काठमाडौं, भदौ २५ । काठमाडौं जिल्ला अदालत बबरमहलका खरिदार सूर्यप्रकाश परियार सेवाग्राहीसँग घुस लिँदै गर्दा पक्राउ परेका छन् ।
म्याद तामेल गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग ३५ हजार रुपैयाँ घुस मागिरहेका बेला उनलाई बुढानीलकण्ठबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ भदौ २०७४ आइतबार ००:००  १२ : ३७ बजे