८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

क्रिकेट टि १०– सन्दिपले २ विकेट लिए पनि कर्नाट पराजित



काठमाडौँ ।

युएईमा जारी टी–१० क्रिकेट लिगमा नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेको टोली कर्नाटका टुसकेर्स पराजित भएको छ।युएईको आबु धाबीस्थित शेख जायद स्टेडियममा बिहीबार राति भएको खेलमा सन्दीपको टोली कालान्दर्ससँग ३२ रनले पराजित भएको हो।

टस जितेर पहिले व्याटिङ गरेको कालान्दर्सले निर्धा्रित १० ओभरमा सात विकेटको क्षतिमा १ सय ३० रन बनाएको थियो।

कालान्दर्सका टम बान्टोनले विष्फोटक व्याटिङ गर्दै २८ बलमा ८० रन जोडे। यस्तै लाउली इभान्सले १७, सुल्तान अहमेद र फिल साल्टले समान ११ रन जोडे।कर्नाटकाका लागि सन्दीप लामिछाने र अहमेद राजाले दुई–दुई विकेट लिएका थिए।

कालान्दर्सले दिएको १ सय ३१ रनको लक्ष्य पछ्याएको कर्नाटकाले निर्धा्रित १० ओभरमा नौ विकेटको क्षतिमा ९८ रन मात्रै बनायो। कर्नाटकाका लागि रायन टेन डेस्काटेले २५, जोनसन चार्ल्सले २४, रोस ह्वाइटलीले १५ र सफिकउल्लाहले १२ रन बनाए। क्वालान्दर्सका जर्ज गार्टन र सुल्तान अहमेदले दुई–दुई विकेट लिए।

प्रकाशित मिति : ६ मंसिर २०७६ शुक्रबार ००:००  ८ : १२ बजे