मायादेवी अनलाइन, तौलिहवा ।
एक दुई बर्ष अघिसम्म मालपोत तथा भूमि सुधार कार्यालय कपिलवस्तु कर्मचारीहरुका लागि आकर्षक थियो । कमाई बढी हुने भएकाले यहाँ आउन कर्मचारीहरु मरिहत्ते नै गर्थे । मालपोतमा जान सोर्स, फोर्स र पैसा पनि बुझाउने गर्थे । तर कर्मचारीहरुको रोजाई र आकषर्ण बनेको मालपोत कार्यालय एक दुई बर्ष यता कोही आउँन मान्दैनन ।
अख्यिारको निशानामा परे पछि आम्दानी पनि पहिलेको जस्तो नहुने र कारबाही हुने डरले मालपोतमा अहिले कोही कर्मचारी आउँन नमान्ने कर्मचारीहरु बताउँछन । त्यसको ज्वलन्त उदाहरण बनेको छ कपिलवस्तुको तौलिहवा स्थित भूमि सृुधार तथा मालपोत कार्यालय ।
जहाँ एक बर्ष बढी देखि दरबन्दी अनुसारका कर्मचारी छैनन । समायोजन भएर जाने गएपनि आउनेहरु अझै सम्म कार्यालयमा हाजिर भएका छैनन् । कमचारी समायोजन हुँदा बिभिन्न कार्यालयमा कर्मचारी सरुवा भएर गएको र नयाँ कर्मचारी नआउँदा सेवा प्रवाहमा समस्या भएको कार्यालयले जनाएको छ । मालपोत कार्यालयको प्रशासन फाटका अनुसार ३९ दरबन्दी भएको कार्यालयमा १३ जनाले कार्यालय हाक्ने गरेका छन् ।
मालपोतमा कार्यालय प्रमुखको रुपमा उप–सचिवको दरबन्दी छ । तर त्यो बिगत २ बर्ष देखि रिक्त छ । उप–सचिव ईश्वरी प्रसाद भण्डारी सरुवा भएर गए देखि नै त्यो पद रिक्त छ । त्यस यता शाखा अधिकृतले कार्यालय प्रमुख बनेर काम गरिरहेका छन । कार्यालय प्रमुख ऋषिराम पौडेलले समायोजन पछि कर्मचारी नआउँदा मालमा कामकाज गर्न ठुलो समस्या आएको बताए । ‘एक दुई बर्षसम्म मालपोत कार्यालयमा कर्मचारीहरु आउन हानथाप नै गर्थे तर अहिले कोही आउँन मान्दैनन्’ उनले भर्ने’ । सरकारले समयोजन गरेको धेरै समय बित्यो तर कर्मचारीहरु नआएको उनले गुनासो गरे । ‘३९ जनाको काम १३ जाना एक्लैले गर्दा निकै समस्या आएको छ’ उनले भने ।
मालपोतमा खरिदार देखि उप–सचिव सम्मका कर्मचारीको अभाव छ । सेवाग्राहीको चाप हुने महत्वपूर्ण फाँटहरुमा कर्मचारी नहुँदा काम प्रभावित भएको छ । कामको चाप र कर्मचारीहरुको अभावले एक दिन मै हुने काम एक हप्ता सम्म लाग्ने गरेको छ । एउटा कर्मचारीले २ देखि ३ वटासम्म फाँटको कामकाज गर्नुपर्ने अवस्था रहेको छ । मालपोत कार्यलयमा सबैभन्दा महत्वपूर्ण मानिएको मुद्धा फाँट र मोठ फाँटमा कर्मचारी नहुँदा बढी मात्रमा समस्या देखा परेको हो ।
लेखापढी ब्यवसायी संघका अध्यक्ष बिष्णु मुराउले मालमा कर्मचारी अभावले सेवाग्राही र आफनो पेशामा समेत समस्या आएको गुनासो गरे । ‘सेवाग्राहीको एक दिनमा काम हुन मुस्किल छ, त्यसले गर्दा सेवाग्राही त मर्कामा परेका छन् नै हामीलाई समेत समस्या पारेको छ’ उनले भने अहिले १ उप–सिचवको पद रिक्त छ, ३ जना अधिकृत मध्ये २ जना मात्र कार्यरत छन् । १२ नासुको दरबन्दी रहेकोमा ५ जना मात्र कार्यरत रहेका छन् । ९ जना खरिदार मध्ये ३ जना, २ जना कम्युटर अपरेटर १ जना, ड्राईभर १ जना लेखापाल अस्थायी र १० जना कार्यालय सहयोगी रहेको पाईएको छ ।
कर्मचारी अभाव र समायोजन भएका कर्मचारीहरु नआएकोबारे प्रशासन कार्यालयलाई पटक पटक ध्यानाकषर्ण गराईएको कार्यालय प्रमुख पौडेलले बताए ।
१० पुस २०७६ बिहिबार ००:००
0
Shares






प्रतिक्रिया