कपिलवस्तु ।
आफ्नै ससुरालाई बिभत्स हत्या गरेको आरोप लागेकी २६ वर्षिया लक्ष्मी बोहरा पौडेललाई पूर्पक्षका लागि जेल चलान गरिएको छ । अदालतले शुक्रबार ५५ वर्षिय ससुरा धनराज पौडेलको हत्या गरेको आरोपमा लक्ष्मीलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
गत मंसिर १ गते बुद्धभुमी नगरपालिका– २ गोरुसिंगेस्थित आफ्नै घरमा रहेको दाउराले धनराजको निर्मता पूर्वक हत्या गरिएको थियो । न्ययाधिश कपिलमणि गौतमको ईजलासले अभियुक्त लक्ष्मीले घटनामा आफ्नो संलग्नता स्विकार नगरे पनि अनुसन्धानकोक्रममा देखिएको प्रमाण, घटनाको मुचुल्का, लक्ष्मीको श्रीमान शंकरले गरेको कागज र दिएको बयानका आधारमा सो निर्णय गरेका हुन् ।
अदालतका श्रस्तेदार चिन्तामणि शर्माले अभियुक्त लक्ष्मीलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश भएको बताए । तर कारागार ऐन २०१८९ को दफा ८ बमोजिम २० महिनाको नाबालक छोरालाई भने लक्ष्मीसँगै राख्न दिने निर्णय भएको उनले बताए । छोरालाई बुवा शंकरलाई समेत भेटघाट गर्न दिनेसमेत निर्णय भएको हो । वादीको तर्फबाट बरिष्ठ अधिवक्ता तेजप्रसाद कंडेल र सरकारी वकिल गोबिन्द गिरी तथा प्रतिवादीको तर्फबाट अधिवक्ता बृजेन्द्र चौधरीले बहस गरेका थिए ।
कपिलवस्तु कारागारमा महिला कैदीबन्दीलाई राख्ने व्यवस्था नभएकाले लक्ष्मीलाई पाल्पा कारागारमा लगिने सुरक्षा श्रोतले जनाएको छ । हत्याकाण्डको रहस्य नसुल्झीएपछि गत मंसिर तेस्रो साता केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले घटनाको अनुसन्धान गरी प्रतिवेदन बुझाएको थियो । शंकरसँग ४ वर्षअघि प्रेम बिवाह भएदेखि परिवारमा झैझगडा हुने गरेको थियो । २ वर्षअघि अस्ट्रेलिया जानका लागि शंकरले लक्ष्मीलाई ५ लाख रुपैयाँ दिएका थिए । तर अस्ट्रेलिया नगए पनि सो पैसाबारे लक्ष्मीले शंकरलाई हिसाब देखाउन सकिनन् ।
शुक्रबार अदालतमा आएका लक्ष्मीको श्रीमान शंकरले परिवार र आफ्नो सुखका लागि गरेको प्रेम बिवाहको दुःखद् अन्त्य भएको बताए । ‘खै किन यस्तो कठोर कदम चालिन्, मेरो बुवालाई मारि’ भावुक हुँदै उनले भने ‘आखिर के पाईन् यस्तो गेरेर ?’
११ पुस २०७६ शुक्रबार ००:००
2
Shares






प्रतिक्रिया