२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

पौडेल पक्षका नेताहरुको चाक्सीबारीमा भेला



काठमाडौं ।
सभापति शेरबहादुर देउवाले एकतर्फी निर्णय गर्दै कार्यकाल थप गरेको भन्दै असन्तुष्ट नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु चाक्सीबारीमा भेला भएका छन्। नेता प्रकाशमान सिंहको निवासमा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह लगायतका नेताहरु छलफलमा जुटेका हुन्‌। नेता सिंहका सहयोगी यूपी लामिछानेका अनुसार नेताहरुका बीच देउवासँग प्याकेजमा सहमति नभएसम्म केन्द्रीय समिति बैठकमा समेत नजाने निर्णय भएको छ।

प्रकाशित मिति : १२ पुस २०७६ शनिबार ००:००  ३ : ४१ बजे