१० कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026

त्रिकोणात्मक सिरिजका लागि राष्ट्रिय टिमको घोषणा



काठमाडौं ।
घरेलु मैदानमा हुने आईसीसी विश्वकप क्रिकेट २ अन्तर्गत त्रिकोणात्मक सिरिजको लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षक उमेश पटवाल र राखेपका प्रशिक्षक जगत टमाटाको सल्लाहमा १४ खेलाडीको सूची तयार पारेको जनाएको छ ।
जसमा युवा फास्ट बलर कमल सिंह ऐरीले पहिलो पटक सिनियर टिममा स्थान बनाएका छन् । अनुभवी खेलाडी सोमपाल कामीको स्थानमा कमल समेटिएका हुन् ।
सोमपाल र वसन्त रेग्मीलाई आराम दिँदा कमलसँगै कुशल मल्लले पहिलो पटक एकदिवसीय राष्ट्रिय टिममा स्थान बनाएका छन ।
सिरिजमा लागि पोखरामा भएको क्याम्पमा पहिलो चरणमा २४ खेलाडी बोलाइएको थियो । एक साताको क्याम्प र मलेसियासँग ३ खेलको एकदिवसीय सिरिज खेलेपछि नेपाली टोली छनोट भएको हो ।
नेपालमा सिरिज खेल्ने अमेरिका र ओमाननले यसअघि नै टोली घोषणा गरिसकेको छ । तीन राष्ट्र सम्मिलित सिरिज यही माघ २२–२९ गतेसम्म कीर्तिपुरस्थित टीयू अन्तर्रा्ष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।
नेपाली टिमको नियमित सदस्य रहेका सोमपाल कामीले पूर्ण फिट नहुँदा सिरिज गुमाउने भएका हुन् । यस्तै वसन्त रेग्मी पारिवारिक कारण क्याम्पमा पनि सहभागी भएका थिएनन् । स्पिनर वसन्तलाई केही दिनअत्रि पुत्रीलाभ भएकाले उनले प्रशिक्षण गुमाएका थिए ।

नेपाली टिम
ज्ञानेन्द्र मल्ल (कप्तान)
दीपेन्द्र सिंह ऐरी (उपकप्तान)
पारस खड्का
सन्दीप लामिछाने
करण केसी
आरिफ शेख
विनोद भण्डारी
अविनाश बोहोरा
कुशल मल्ल
कमलसिंह ऐरी
सुशन भारी
रोहितकुमार पोडैल
शरद भेषवाकर
ललितनारायण राजवंशी

प्रकाशित मिति : १० माघ २०७६ शुक्रबार ००:००  १२ : ५३ बजे