८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

सभामुख सापकोटाले लिए शपथ



काठमाडौं ।
नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटा पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार राष्टिपति विद्यादेवी भण्डारीबाट सभामुख सापकोटाले पद तथा गोपनीयताको शपथ लिएका हुन्। शपथ लिएसँगै सभामुख सापकोटाले प्रतिनिधिसभाको कार्यालयमा आजै पदभार ग्रहण गर्नेछन्। करिब ४ महिनाबाट रिक्त रहेको प्रतिनिधिसभाले नयाँ सभामुख पाएको हो। तत्कालीन सभामुख कृष्णबहादुर महरा संसद् सचिवालयको कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा जेलमा छन्। नेकपाले लामो कसरतपछि सापकोटालाई सभामुख चयन गरेपछि रिक्त पद पूर्ति भएको हो। सभामुखमा नेकपाबाट सापकोटाको भन्दा अरू उम्मेदवारी नपरेपछि सापकोटा आइतबार निर्विरोध निर्वाचित भएका थिए। सापकोटा सिन्धुपाल्चोक क्षेत्र नं १ बाट निर्वाचित सांसद हुन्।

प्रकाशित मिति : १३ माघ २०७६ सोमबार ००:००  १ : ०७ बजे