८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

सानेपामा नेविसंघको आमरण अनशन



काठमाडौं ।
नेपाल विद्यार्थी संघको विधान कार्यान्वयनको माग गर्दै कुन्दनराज काफ्ले पक्षधर विद्यार्थीहरुले आमरण अनशन सुरु गरेका छन्। नेविसंघको विधानमा उल्लेख भएको उमेर हद कार्यान्वयन हुनुपर्ने माग राख्दै नेता नवराज त्रिपाठीले आमरण अनशन सुरु गरेको नेविसंघका अर्का नेता मनीष सिम्खडाले जानकारी दिए। नेविसंघको विधानमा ३२ वर्ष उमेर नाघेको मान्छे नेविसंघको साधारण सदस्य हुन नपाइने स्पष्ट उल्लेख छ। नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेपाल विद्यार्थी संघका नेताहरुबीच झडप भएको छ।

केही दिन अघि मात्रै कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पक्षका ५० वर्षीय राजीव ढुङ्गानालाई नेविसंघको नेतृत्व दिने, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौलालाई केही पदाधिकारी दिने गरी सहमति गराएका थिए। नेविसंघका अर्का नेता कुन्दनराज काफ्ले नेतृत्वको विद्यार्थीहरु विधान कार्यान्वयनको माग गर्दै डेढ महिना यता रिले अनसनमा बस्दै आएका थिए। नेविसंघको विवाद पार्टीका शिर्ष नेताहरुसँग भागवण्डाको आधारमा मिलाएपछि देउवाले आज केन्द्रीय कार्यसमितिको बैठक पनि आह्वान गरेका छन्। पार्टी कार्यालय सानेपामा देउवा, पौडेल लगायतका नेताहरु समेत पुगिसकेका छन्।

प्रकाशित मिति : १३ माघ २०७६ सोमबार ००:००  ३ : ३१ बजे