२० माघ २०८२, मंगलबार | Wed Feb 4 2026

कपिलवस्तुको लोहरौलामा लागेको थारु परम्परागत मेला सकियो



राम अवतार चौधरी , विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिका–२, लोहरौलामा लागेको थारु संस्कृति एवम् परम्परागत त्रिवेणी मेला सकिएको छ । लोहरौला गाउँ समाजको आयोजनामा मेला आयोजना गरिएको थियो । “हमन भाषा ओ संस्कृति हमनके सान, थारु संस्कृति बचएना हमन अभियान“ भन्ने मुल नाराका शुक्रबारबाट सुरू भएको मेला शनिबार रातीसम्म सञ्चालन भएको थियो ।
मेला कार्यक्रमको समापन समोरोहमा बोल्दै विजयनगर गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी थारुले थारु समुदायको लावा बर्षको अवसर पारेर आयोजना गरेको मेलाले यस क्षेत्रको सम्रग थारु समुदायको संस्कृति बचाउन प्रोत्साहन गरेको बताउनुभयो ।
लोप हुँदै गएको पुख्र्यौली सामाग्री थारुहरूको इतिहास नै अरु समुदायभन्दा फरक रहेको बताउँदै सबै नेपाली समाजमा पश्चिमी संस्कृतिले विस्थापित हुँदै गएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
यस्तै मेलाको अन्तिम दिन सरगम चौधरी, उत्तम चौधरी, विष्णु थारु, बिन्दु थारु, शारदा थारु, राजेन्द्र चौधरी लगायत कलारहरूले दर्शकलाई मनोरञ्जन दिएको मेला संयोजक कृष्ण बहादुर थारुले जानकारी दिनुभयो । त्यसैगरी मेलामा थारु समुदायको पौराणिक समाग्रीको नामलिस्ट थारु संग्रहालयमा सहित सजाइएर राखिएको साथै थारु खानाको परिकार सहित करिब १ सय ५० जति स्टल राखिएको थियो ।
उक्त मेला कृष्ण बहादुर थारुको संयोजकत्व विजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी थारुको प्रमख आतिथ्यता, सोमईलाल कन्ट्रक्सनको प्रोपराइटर सोमईलाल थारु, थारु कल्याणकारी सभा शिवराज नगर सदस्य सुमन थारु लगायतको आतिथ्यता, मिर्जा थारुको स्वागत र पिन्टुराम थारुको सञ्चालनमा मेला भव्य सम्पन्न भएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १३ माघ २०७६ सोमबार ००:००  ११ : ०१ बजे