७ असार २०८३, आइतबार | Sun Jun 21 2026

भोलिको लागि बोलाइएको कांग्रेस बैठक सर्‍यो



काठमाडौं ।
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सरेको छ। आन्तरिक गृहकार्य नसकिएको भन्दै बिहीबारका लागि डाकिएको बैठक माग २७ गतेसम्मको लागि सारिएको हो। कांग्रेसको पछिल्लो केन्द्रीय समिति बैठकले १४ औं महाधिवेशनको कार्यतालिकामा सामान्य हेरफेर तथा नेविसंघ गठनको निर्णय गरेपछि महाधिवेशनको कार्यविधि सम्बन्धमा कांग्रेसमा अझै सहमति जुट्न सकेको छैन। वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहले बहिष्कार गरेको केन्द्रीय समिति बेठकले महाधिवेशनको प्रयोजनका लागि क्रियाशील सदस्यता वितरणसम्बन्धी धारा निलम्बित गर्ने निर्णय गरेको थियो। तर, पछि शीर्ष नेतृत्वबीच निलम्बित धारा फुकुवा गर्ने सहमति भएको थियो। जुन विषयमा केन्द्रीय सदस्यद्वय डा। मिनेन्द्र रिजाल र रमेश लेखकले गृहकार्य गरिरहेका छन्। कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले नेताहरूको व्यस्त रहेकोले बैठक सरेको बताए।

प्रकाशित मिति : २२ माघ २०७६ बुधबार ००:००  ३ : २२ बजे