१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

अमेरिकामाथि नेपालको शानदार जित



काठमाडौं ।
आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकामाथि ८ विकेटको शानदार जित निकालेको छ। अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५।२ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो।

नेपालको जितका लागि पारस खड्काले १२ बलमा २० रन र उपकप्तान दीपेन्द्रसिंह ऐरीले ११ बलमा १५ रन बनाए। अमेरिकाले दिएको ३६ रनको लक्ष्य पछ्याएको नेपाललाई पनि अमेरिकी बलरले सुरुमा कडा झड्का दिए । दोस्रो ओभरमा नेपालका दुवै ओपनर आउट भए । ज्ञानेन्द्र मल्ल ५ बलमा १ रन र सुवास खकुरेल ४ बलको सामना गर्दा शुन्य रनमै आउट भए।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ राजेपछि अमेरिका ब्याटिङ गरेको अमेरिकाले १२ ओभरमा सबै विकेट गुमाएर ३५ रन बनाएको थियो।

नेपालका लागि लेग स्पीनर सन्दीप र सुशन भारी चम्किएपछि अमेरिका ३५ रनमै अलआउट भयो। सन्दीपले ६ र भारीले ४ विकेट लिए।

प्रकाशित मिति : २९ माघ २०७६ बुधबार ००:००  ११ : ३५ बजे