८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

पौडेल पक्षको अगुवा कार्यकर्ता भेला विरगन्जमा शनिबार हुने



काठमाडौं ।
नेपाली कांग्रेसका संस्थापनइतरका नेताहरु शनिबार विरगञ्जको एक कार्यक्रममा भेला हुने भएका छन्। क्षेत्रीय कार्यसमितिले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित अन्य नेता सहभागी हुने भएका हुन्। पार्टी महामन्त्री डा शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, डा रामशरण महत, अर्जुननरसिंह केसी,सुजाता कोइरालालगायतका नेता विरगन्जको कार्यक्रममा सहभागी हुने भएका हुन्।
प्रदेश दुईका अगुवा कार्यकर्ता भेलामा ती जिल्लाका सभापति,क्षेत्रीय सभापति,महासमिति सदस्य तथा पूर्व महाधिवेशन प्रतिनिधिहरु सहभागी हुनेछन्।

प्रदेश २ मा अगुवा कार्यकर्ताको भेला मार्फत पौडेल पक्षले आफ्नो समूहको सक्रियता देखाउने भएको छ। क्षेत्रीय कार्यसमितिले राखेको अन्तरक्रिया कार्यक्रममा नेताहरु सहभागी हुन लागेको पर्सा जिल्ला सभापति अजयकुमार द्विवेदीले जानकारी दिए। कांग्रेसका चुनौती विषयक अन्तरक्रिया हुन लागेको जिल्ला सभापति सुवेदीले जानकारी गराए। महामन्त्री कोइराला शुक्रबार नै विरगञ्ज पुगिसकेका छन्।

प्रकाशित मिति : १६ फाल्गुन २०७६ शुक्रबार ००:००  ५ : ५३ बजे