६ असार २०८३, शनिबार | Sat Jun 20 2026

कोरोनाभाइरस संक्रमणको जोखिमसँग जुध्न तयारी गरौंः कांग्रेस प्रवक्ता शर्मा



काठमाडौं ।
नेपाली कांग्रेसले कोरोनाभाइरस संक्रमणको जोखिमसँग जुध्न तयारी गर्नुपर्ने बताएको छ।
नेपाल कोरोनाभाइरसमुक्त मुलुक भनेर भाषण गर्नुभन्दा जोखिमसँग जुध्न गम्भीर विमर्श र तयारी गर्नुपर्ने प्रवक्ता विश्वप्रकाश शर्माले उल्लेख गरेका छन्।
शनिबार ट्वीट गर्दै शर्माले विश्व स्वास्थ्य संगठन डब्लुएचओले नेपाल जोखिमयुक्त मुलुकमा राखेको भन्दै बेलैमा तयारी सुरू गर्नुपर्ने बताएका छन्।
उनले कोरोनाभाइरस भित्रेपछि भन्दा पनि अहिलदेखि नै सबै तयारी गर्नुपर्नेमा जोड दिएका छन्। ‘कोरोना भित्रिएपछि ब्युझिने ?,’ ट्वीट गर्दै शर्माले सरकारसँग प्रश्न गरेका छन्, ‘कि एकले सय र सयले हजारलाई संक्रमित बनाएपछि ब्युझिने ?’
उनले डब्लुएचओले नेपाल पनि कोरोनाभाइरसको जोखिमयुक्त मुलुकमा रहेको चेतावनी बेलैसमा सुन्नुपर्ने बताएका छन्। ‘डब्लुएचओको चेतावनी सुनौं। बन्द गरौं, कोरोनामुक्त हाम्रा भाषण,’ शर्माले भनेका छन्, ‘सीमा नाका कसिलो बनाऔं। जोखिमसँग जुध्न गम्भीर राष्ट्रिय विमर्श र सम्पूर्ण तयारी गरौं।’
केही समयअघि पर्यटन मन्त्रालयले नेपाल कोरोनाभाइरसमुक्त मुलुक भन्ने विदेशमा प्रचार गर्ने बताएको थियो।

प्रकाशित मिति : १७ फाल्गुन २०७६ शनिबार ००:००  १२ : ४० बजे