८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

विप्लवका माइला दाजु ललितपुरबाट पक्राउ



काठमाडौ ।
सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपाका ६ जना कार्यकर्तालाई ललितपुरबाट पक्राउ परेका छन्। उनीहरुलाई आइतबार राति ललितपुरको जावलाखेलबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए। पक्राउ पर्नेमा नेत्रविक्रम चन्दका माइला दाई जयन्द्र चन्दसमेत रहेको एसएसपी राई बताए। उनले भने, हामीले ललितपुरबाट पक्राउ गरि ल्याएका मध्ये जयन्द्र चन्द नेत्रविक्रम चन्द विप्लवका माईला दाई भएको खुल्न आएको छ, अनुसन्धान जारी छ।’ पक्राउ परेका चन्द नेपाल गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष रहेको बताइएको छ। विप्लवका जेठा दाई वीरजंग चन्द यसअघि दाङबाट पक्राउ परि सकेका छन्।

प्रकाशित मिति : १० चैत्र २०७६ सोमबार ००:००  १ : ४२ बजे