कपिलवस्तु ।
कोरोना भाइरस (कोभिड–१९) र्को यापिड टेस्ट शनिबारदेखि सुरू गरिएको छ । प्रदेश नं. ५ सरकारको स्वास्थ्य निर्देशनालयले २ दिन अघि कोभिड डाईग्नोटीस्ट टेस्ट किड जिल्लामा पठाएको थियो । शुक्रबार टेस्टका लागि जिल्लाका २० जना ल्याबका कर्मचारीहरुलाई तालिम दिईएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले बताए ।
उनका अनुसार ७ सय थान टेस्ट किड प्राप्त भएको छ । प्रदेशबाट आएका प्राविधिक टोलीले टेस्टका बिषयमा तालिम दिएको थियो । स्वास्थ्य कर्मीका लागि पिपिई, आवश्यक केमिकल समेत आएको छ । यसका लागि पालिकाबाट २० जना कर्मचारी खटिएका छन्। शुक्रबार २१ जनाको र्या्पिड टेस्ट संपन्न भएको प्रअिज दीर्घ नारायण पौडेलले बताए । ती सबैको रिपार्ट नेगेटिभ आएको छ । ‘ तालिम लिएका कर्मचारीहरूले जिल्लाभर क्वारेन्टाईनमा रहेका सबैको टेस्ट गर्ने छन’ उनले भने । जिल्लाभर शुक्रबार साझ सम्म ६ सय १७ जना क्वारेनन्टानमा छन् । सबैको र्या्पिड टेस्ट हुने प्रअिजन पौडेलले बताए ।
जिल्लाका १० पालिका संचालन गरिएको क्वारेन्टाईनमा ८ सय ४९ जना रहेकोमा शुक्रबार साँझ सम्म ६ सय १७ जना रहेको कार्यालयका प्रशासकीय अधिकृत मनोज सैनीले बताए । २ सय ३२ जना १४ दिन क्वारेन्टाईनमा बसेर घर फर्किसकेका छन् । अहिले क्वारेनटाईनमा २७ महिला र बाकी पुरुष छन् । चैत १ देखि भारत तथा बिदेशबाट फर्ककाहरु क्वारेन्टार्ईनमा छन्। स्वास्थ्यकर्मी अनुसार टेस्टको परिणाम २० मिनेट भित्र देखाउछ । परिणाम पोजेटिभ देखाए थप टेस्टका लागि प्रदेश सरकारको भैरहवामा संचालन रहेको ल्याबमा पठाईने प्रमुख भगतले बताए । त्यहा पिसिआरबाट परीक्षण गरिने छ ।
सामाजिक विकास समितिका प्रदेश नं. ५ का सभापति दीर्घ नारायण पाण्डेले प्रदेश सरकारलाई कोरोना रोकथामका सामग्री प्रदान गरेका छन् । पाण्डेले सामाजिक विकास मन्त्री सुर्दशन वराललाई सामाग्री हस्तान्तरण गरेका थिए। सहयोग गरेका सामाग्रीमा २ सय थान पिपिई, ५ हजार थान ग्लोव र ५ हजार थान मेडिकल मास्क प्रदान गरे ।
२९ चैत्र २०७६ शनिबार ००:००
0
Shares







प्रतिक्रिया