२१ माघ २०८२, बुधबार | Thu Feb 5 2026

कपिलवस्तु कारागारमा नया कैदी बन्दीका लागि क्वारेन्टाईन



मायादेवी अनलाइन, जितपुर ।
कोरोना भाईरस फैलन नदिन कपिलवस्तु कारागारमा क्वारेन्टाईन संचालन गरिएको छ । कारागार भवनको दोश्रो ब्लकमा खाली रहेका महिला वार्डमा तत्कालका लागि चार बेडको क्वारेन्टाईन संचालनमा ल्याईएको हो ।
कारागारमा आउने नया कैदी बँन्दीलाई लक्षित गरी क्वारेनटाईन संचालन गरिएको हो । क्वारेनटाईनमा अहिले २ जना नया बन्दी राखिएको जेलर राकेश पाण्डेयले बताउनुभयो । कोरोना भाईरसको संक्रमण फैलन नदिन कारागारमा क्वारेन्टाईन संचालन गरिएको उहाले बताउनुभयो । उहाले आवश्यक्ता अनुसार बेड संख्या थप गरिने जानकारी दिनुभयो । नया आउने कैदीबन्दीलाई १४ दिन क्वारेन्टाईनमा राखिने छ ।
उता कोरानाको जाेिखम कम गर्न जिल्ला अदालतको आदेश अनुसार कपिलवस्तु कारागारबाट १० जना कैदी बन्दीलाई रिहा गरिएको छ । कोरोना भाईरस फैलिए पछि सर्वोच्च अदालतको निर्णय अनुसार जिल्ला अदालतले उनीहरुलाई छाडेको हो ।
कारागारका जेलर राकेश पाण्डेय अनुसार सर्वोच्च अदालतको गत चैत ७ गतेको निर्णय अनुसार जिल्ला अदालतको आदेश पछि उनीहरुलाई रिहा गरिएको छ । मुलुकी फौजदारी संहीता कार्यविधि २०७४ को दफा १५५ अनुसार एक बर्ष सम्म कैद बाकी रह्का कैदी बन्दीको रकम लिई उपयुक्त देखिए जिल्ला न्यायधिको ईजलासबाट छाडने ब्यवस्था मिलाउन सवोृच्चले प्रेस बिज्ञप्ती जारी गरेको थियो ।
त्यस्तै कैदी बन्दीको निबेदन र जिल्ला न्याधिशको आदेश अनुसार उनीहरुलाई गत चैत ९ देखि चैत २४ गते को बिचमा रिहा गरिएको जेलर पाण्डेयले बताउनुभयो । दुई ब्लकमा २ सय ३० जनको क्षमता रहेको कारागरमा अहिले ३ सय ८५ जना कैदीबन्दी छन ।

प्रकाशित मिति : २९ चैत्र २०७६ शनिबार ००:००  ७ : १४ बजे