२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

ओली दाहाल भेटः अलपत्र नागरिकको ब्यवस्थापन र सचिवालय वैठकबारे छलफल




काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार भएको भेटमा अलपत्र नागरिकको व्यवस्थापन र सचिवालय पार्टीको बैठक राख्ने विषयमा छलफल भएको छ।

शनिबार भएको करिब तीन घण्टा लामो भेटवार्तामा प्रधानमन्त्री ओलीसँग अध्यक्ष प्रचण्डले मुख्य गरी लकडाउनका कारण अलपत्र परेका नागरिकको उचित व्यवस्थापन गर्न ध्यानाकर्षण गराएका छन्।

दुई अध्यक्षबीच शनिबार बिहान ११ देखि २ बजेसम्म कुराकानी भएको थियो। पछिल्लो समय दुई अध्यक्षबीच असमझदारी बढिरहेको टिप्पणी भइरहेका बेला यो भेटवार्ता भएको हो।

मजदूरहरु बालबालिकासहित हिँडेरै दुर्गम जिल्लातिर गइरहेका रिपोर्टहरू आएपछि प्रचण्डले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको ती नेताले बताए। अध्यक्ष प्रचण्डले पछिल्लो परिस्थितिबारे छलफल गर्न पार्टीको नियमित बैठक बोलाउनेबारे पनि ओलीसँग छलफल गरेका छन्।

प्रकाशित मिति : ७ बैशाख २०७७ आइतबार ००:००  ६ : १७ बजे