७ असार २०८३, आइतबार | Sun Jun 21 2026

क्यानडामा १२ घण्टा बढी अन्धाधुन्ध गोली प्रहार, कम्तिमा १३ जनाको मृत्यु



क्यानडाको नोभा स्कोसा प्रान्तमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा १३ जनाको मृत्यु भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।प्रहरीको जस्तै बर्दी लगाएका बन्दुकधारीले आक्रमण गरेका हुन् । ग्रामीण बजार पोर्तापिक्यू १२ घण्टासम्म ती व्यक्तिले गोल चलाएका हुन् ।

गोली लागेर मृत्यु हुनेमा २३ वर्षकी होइदी स्टेभेन्सन पनि छन् । उनी दुई सन्तानकी आमा हुन् । यस्तै उनी रोयल क्यानडियन प्रहरीकी भेट्रान पनि हुन् । अर्का एक प्रहरी अधिकारी घाइते भएका छन् ।

स्थानीय समय अनुसार शनिबार राति गोलीकाण्ड सुरु भएको थियो । क्यानडियन प्रहरीले पछिल्लो ३० वर्षमा क्यानडामा भएको यो सबैभन्दा खराब गोलीकाण्ड रहेको उल्लेख गरेको छ।

५१ वर्षका गाब्रिएल वर्टम्यान नाम गरेका व्यक्तिले गोली चलाएको प्रहरीले उललेख गरेको छ । पोर्तापिक्यूका धेरै स्थानमा गोली चलाएपछि आक्रमणकारीको पनि मृत्यु भएको छ । ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने जनाइएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७७ सोमबार ००:००  ७ : ४० बजे