८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

सबैको विश्वासले नै आजको संकटबाट पार हुन सकिन्छः सभापति देउवा



काठमाडौं ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संयम र सद्भाव साथ परिस्थितिको सामना गर्न सबैमा अपील गरेका छन् ।

कुनै पनि व्यक्तिको निश्चित आस्था र समुदायको भावनामा असर पर्ने ढंगले सरकार या कसैले पनि कुनै पनि कार्य गर्न नहुनेमा देउवाले सचेत गराएका छन् ।

मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै देउवाले भनेका छन्, ‘आजको चुनौतीपूर्ण घडीमा अनेक समुदाय, विभिन्न धर्मावलम्बी, सबै जाति, वर्ग र क्षेत्रलाई संयम र आपसी एकताका लागि म हार्दिक अपील गर्दछु ।’

सबैको साथ र सबैको विश्वासले नै आजको संकटबाट पार तर्न सकिने यथार्थ देउवाले स्मरण गरेका छन् ।

कोरोनाको जोखिम सामना गर्न परीक्षणको दायरा समुदाय स्तरमा तीब्र रुपले विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउँदै देउवाले पर्याप्त स्वास्थ्य सामग्री एवं पर्याप्त राहतको बन्दोबस्त गरेर सरकारले परिस्थितिलाई थप असहज बन्नबाट रोक्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ८ बैशाख २०७७ सोमबार ००:००  ४ : ५० बजे