८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

नेपालमा पनि कोरोना फैलने क्रम तीव्र, आज थप ३ जनामा कोरोना, संक्रमित ४५ पुगे



काठमाडौँ ।
धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितहरुको संख्या ४५ पुगेको छ।
धरानस्थित प्रतिष्ठानमा पीसीआर परीक्षण गरिएका २४, ६० र ७२ वर्षका तीन पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयको नियमित व्रिफिङका क्रममा बुधबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसबारे जानकारी दिएका हुन्। उनीहरुको अहिले धरानमा उपचार भइरहेको छ।

प्रकाशित मिति : १० बैशाख २०७७ बुधबार ००:००  ४ : ३१ बजे