८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष भुसाल मृत फेला, हत्या आसंका



कैलाली । निजी विद्यालयहरुको संगठन एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद भुसाल मृत अवस्थामा फेला परेका छन् ।कैलालीको गौरीगंगा नगरपालिकामा रहेको बिहानी क्षितिज बोर्डिङ स्कुलका सञ्चालक समेत रहेका भुसालको शव बिहीबार राति भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

गौरीगंगा नगरपालिका वडा नम्वर ९ बस्ने ४० वर्षीय भुसालको शव घोडाघोडी नगरपालिका १० पहलवानपुर बजारबाट करिब एक किलोमिटर पश्चिमम फेला परेको हो । प्रहरीका अनुसार उनको आँखा, मुख र घुँडामा चोट देखिएको छ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए । दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको उनले बताए ।

इलाका प्रहरी कार्यालय मालाखतीका प्रहरी नायव उपरीक्षक ज्ञानवहादुर विष्टको टोलीले घटना स्थलमा पुगेर अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।स्थानीयबासीले भने उनको हत्या भएको भन्दै दोषीलाई पक्राउ गर्न माग गरेका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७७ शुक्रबार ००:००  ९ : ३४ बजे