८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

कोरोना संक्रमण बढेपछि श्रीलंकामा कर्फ्यु लम्ब्याइयो



कोलम्बो ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि श्रीलंकाले कर्फ्यु लम्ब्याएको छ । शुक्रबार थप ४६ जना संक्रमित भेटिएपछि श्रीलंकाले केही नयाँ ठाउँमा शुक्रबार साँझदेखि करफ्यु लगाएको छ भने पहिलेदेखि कर्फ्यु लगाइएका ठाउँमा लम्ब्याएको छ । कोलम्बो, गाम्पाहा, कालुतार र पुत्तालम जिल्लामा लगाइएको करफ्यु पनि सोमबार बिहान ५ बजेसम्मका लागि लम्ब्याइएको छ। त्यस्तै अन्य क्षेत्रमा पनि शुक्रबार बेलुका ८ बजेदेखि सोमबार बिहान ५ बजेसम्मका लागि कर्फ्यु लगाइएको श्रीलंकाली सञ्चारमाध्यम न्युजफस्र्टले जनाएको छ।

शनिबार बिहानसम्म श्रीलंकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४२० पुगेको छ भने ७ जनाको मृत्यु भएको छ। शुक्रबार संक्रमण पुष्टि भएकामध्ये ३० जना नाविक रहेका छन्। श्रीलंकामा अहिलेसम्म ६० जना नाविकमा कोरोना संक्रमण देखिएको छ। श्रीलंकामा गत सोमबारदेदि मुलुकको करिब दुई तिहाई भागमा कर्फ्यु लगाइएको थियो। प्रहरीका अनुसार अहिलेसम्म कर्फ्यु उल्लंघन गर्ने करिब ३० हजार जनालाई नियन्त्रणमा लिइएको छ।

प्रकाशित मिति : १३ बैशाख २०७७ शनिबार ००:००  ३ : ०० बजे