२१ श्रावण २०८३, बिहिबार | Fri Aug 7 2026

वीरगन्जमा थपिएका १७ जना कोरोना संक्रमित एउटै परिवारका रहेको खुल्यो



काठमाण्डौँ ।
बुधबार वीरगन्जमा थपिएका १७ जना कोरोना संक्रमित एउटै परिवारका सदस्य रहेको खुलेको छ। वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले संक्रमित सबै एउटै परिवारको रहेको जानकारी दिए।

मेयर सरावगीका अनुसार आज थपिएका सबै संक्रमित वैशाख १४ गते संक्रमण देखिएका पुरुषका परिवार हुन्। ’उहाँहरू सबै एउटै परिवारका सदस्य हुनुहन्छ।

आज देखिएका १७ जना संक्रमितमध्ये दुई महिने शिशु पनि छन्। मेयर सरावगीले संक्रमित शिशु पनि संक्रमित पुरुषकै बच्चा रहेको बताउनु भयो ।

प्रकाशित मिति : २४ बैशाख २०७७ बुधबार ००:००  ६ : ३७ बजे