८ असार २०८३, सोमबार | Mon Jun 22 2026

सिंहदरबार बाहिर चिनियाँ नागरिक र प्रहरीबीच झडप



काठमाडौ ।
स्वदेश फर्कन पाउनुपर्ने माग गर्दै चिनियाँ नागरिकहरुले सिंहदरबार घेराउ गरेका छन्। २०र३० जना चिनियाँको समूहले कसैले वास्ता नगरेको भन्दै सिंहदरबारको पश्चिम गेटमा नाराबाजी गरिरहेको जनाइएको छ। काठमाडौं प्रहरी परिसर प्रमुख श्याम ज्ञवालीले सिंहदरबार गेटमा आएका चिनियाँ नागरिकलाई नियन्त्रणमा लिने प्रयास भइरहेको बताए। ‘हामी माइकिङ गरेर उनीहरुलाई हटाउने प्रयास गर्दै छौँ’, एसएसपी ज्ञवालीले भने। चीनले पनि स्वदेश फर्काउन वेवास्ता गरेको र यहाँ दैनिकी कष्टकर भइरहेको उनीहरुको गुनासो छ।
नेपालमा कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले निरन्तर लकडाउन गरिरहेका बेला विश्वका धेरै देशले नेपालबाट आफ्ना नागरिक फिर्ता लगिसकेका छन्।

प्रकाशित मिति : २६ बैशाख २०७७ शुक्रबार ००:००  ४ : २४ बजे