८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

भारतले भन्योः लिपुलेकमा खनिएको सडक भारतीय भूमि भित्रै पर्छ



काठमाडौं ।
भारतले लिपुलेकमा खनिएको सडक भारतीय भूमि भित्रै पर्ने दावी गरेको छ। भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले मिडियाले उठाएका प्रश्नको जवाफ दिदैँ सडक उत्ताराखण्डको पिथौरागढ जिल्ला भित्र पर्ने र उक्त सडक भारतीय भूमि भित्रै रहेको बताएका हुन्।

भारतीय रक्षा मन्त्री राजनाथ सिंहले शुक्रबार चीनको मानसरोवर जोड्ने गरि नेपाली भूभाग हुदैँ जाने बाटोको उद्घाटन गरेका थिए। उक्त बाटो नेपालको कालापानी र लिपुलेक क्षेत्र हुदैँ निर्माण गरिएको छ। बाटोको उद्घाटन भएको समाचार आए लगत्तै शनिबार नेपाल सरकारले उक्त कदमलाई खेदजनक भनेको छ।

सीमा विवाद हल गर्न परराष्ट्र सचिव स्तरिय संयन्त्रमा कुराकानी गर्न नेपालले दुई पटक गरेको प्रस्तावमा भारतले वेवास्ता गरेको थियो। तर भारतीय विदेश मन्त्रालयका प्रवक्ताले सचिव स्तरिय वार्ता हुन सक्ने उल्लेख गरेका छन्। उनले भारत कुटनैतिक वार्ताबाटै सीमा विवाद हल गर्न तयार रहेको बताएका छन्। भारतले कोरोना भाइरसको चुनौती सकिए लगत्तै दुई पक्षबीच वार्ताको मिति टुङ्गो लाग्ने जनाएको छ। सेतोपाटीबाट

प्रकाशित मिति : २७ बैशाख २०७७ शनिबार ००:००  १० : ४८ बजे