२१ माघ २०८२, बुधबार | Thu Feb 5 2026

बलिउडका प्रख्यात निर्देशक करण जौहर आइसोलेसनमा



एजेन्सी ।
बलिउडका प्रख्यात निर्देशक एवं निर्माता करण जौहर आइसोलेसनमा बसेका छन्। निर्माता जौहरले ट्विटरमार्फत विज्ञप्ति जारी गर्दै आफ्नो घरमा काम गर्ने दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएकाले आफू पनि १४ दिनका लागि एकान्तवास (आइसोलेसन) मा बसेको जानकारी दिएका हुन्।

करण जौहरले विज्ञप्तिका लेखेका छन्, ‘परिवारका सबै सदस्य र अन्य सहयोगीको परीक्षण गरीएको थियो, सबैको रिपोर्ट नेगेटिभ आएको छ, तर पनि हामी वरपरका मानिस सुरक्षित रहुन् भनेर १४ दिनसम्म अलग्गै रहनेछौं।’

प्रकाशित मिति : १३ जेष्ठ २०७७ मंगलबार ००:००  ७ : ३३ बजे