२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

वीरगञ्जमा डाक्टरको दुई समूहबीच कुटाकुट



वीरगञ्ज ।

वीरगञ्जमा जुनियर चिकित्सकहरुको दुई समूहबीच कुटाकुट भएको छ । सामाजिक सञ्जालमा लेखेको स्टाटस र म्यासेजको विषयलाई लिएर भएको विवाद हात हालाहालसम्मको अवस्थामा पुगेको हो ।वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत जुनियर चिकित्सक डा। दीपक चौरसिया र नेशनल मेडिकल कलेजका डा। मधुरञ्जन सिंह पक्षबीच हात हालाहाल भएको हो ।
नारायणी अस्पतालका चिकित्सक बस्दै आएको टाउन हल क्वारेन्टाइन स्थलमै सिंह नेतृत्वको टोलीले विवाद गर्न पुगेका थिए ।विवादको क्रममा सिंह नेतृत्वको टोलीको आक्रमणबाट नारायणी अस्पतालका चिकित्सक डा। दीपक चौरसिया सामान्य घाइते भएका थिए ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७ मंगलबार ००:००  ६ : ०५ बजे