७ असार २०८३, आइतबार | Mon Jun 22 2026

देशभर आज १५६ जना कोरोना संक्रमित थपिए



मायादेवी अनलाइन, चार नम्बर ।

देशभर आज १५६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार विहीबार १५६ जना थपिएका हुन् । यी नयाँ थप भएसंगै कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । जसमा पुरुष ९४० र १०२ रहेको पनि जनाइएको छ ।

मुलुकका ७७ जिल्लामध्ये ५३ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहीबार दिउँसो गरेको पत्रकार सम्मेलन मार्फत उक्त कुराको जानकारी दिएको हो ।

दिनहुँ संक्रमित बढिरहेको बेला विहीबार मात्र १ सय ५६ जना थपिएका छन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बिहीबार दैलेख ८, कैलाली २, दार्चुला १, स्याङ्जा ३, नवलपुर १, धनुषा २९, महोत्तरी १७, सप्तरी १४, मकवानपुर १, बर्दिया ३, बाँके १, झापा २५, सर्लाही ७, सिरहा ६, रौतहट २०, दोलखा २, सोलुखुम्बु १, बझाङ १ र सुर्खेतमा १३ संक्रमित थपिएका हुन् ।

अहिलेसम्म ५ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने १८७ जना निको भएका छन् ।

पछिल्ला दिनमा भारतबाट आउनेहरूको संख्या बढेसँगै नेपालमा पनि संक्रमितको संख्या तीव्र रूपले बढेको हो ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७ बिहिबार ००:००  २ : २९ बजे