२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

बजेट भाषणः स्वास्थ्यकर्मीलाई ५ लाखसम्मको निशुल्क बीमाको सुविधा



काठमाडौं ।
सरकारले कोरोना रोग तथा अन्य संक्रमक रोगका विरुद्ध खटिने सबै स्वास्थ्यकर्मीहरुका लागि ५ लाख रुपैयाँसम्मको निशुल्क बीमा गर्ने भएको छ।

संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै कोरोना तथा अन्य संक्रमण रोगका विरुद्ध खटिने सबै स्वास्थ्यकर्मीको सरकारले निशुल्क बीमा गरिदिने प्रतिबद्धता जनाए।

सरकारले स्वास्थ्य सेवालाई विशेष प्राथमिकता दिएर आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको छ ।

स्वास्थ्य सेवाको दायरा बढाउने र हालको सेवालाई प्रभावकारी बनाउने सरकारले घोषणा गरेको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७ बिहिबार ००:००  ४ : ३९ बजे