२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

डब्लुएचओको विषयलाई लिएर ट्रम्पको चर्को आलोचना



एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँग अमेरिकाको सम्बन्ध समाप्त गर्ने घोषणा गरेपछि उनको आलोचना तीव्र भएको छ ।अमेरिकासहित विभिन्न देशमा ट्रम्पको तीव्र आलोचना भइरहेको हो । युरोपियन युनियनले ट्रम्पलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न भनेको छ ।

जमर्नीका स्वास्थ्य मन्त्रीले ट्रम्पको घोषणा अन्तर्राष्ट्रिय स्वास्थ्यका लागि गम्भीर निरासाको कुरा रहेको बताएका छन् । अमेरिकी सिनेटको स्वास्थ्य कमिटिका प्रमुख, ट्रम्प जस्तै रिपब्लिकनले अहिले डब्लुएचओबाट बाहिरिने बेला नरहेको बताएका छन् ।

ट्रम्पले डब्लुएचओ कोरोना भाइरसको महामारीलाई लिएर चीनलाई जिम्मेवार एवम् पारदर्शी बनाउन असफल रहेको आरोप लगाउँदै सम्बन्ध समाप्त गर्ने घोषणा गरेका हुन् ।बेलायत, दक्षिण अफ्रिकासहितले पनि ट्रम्पको घोषणाको आलोचना गरेका छन्।

प्रकाशित मिति : १८ जेष्ठ २०७७ आइतबार ००:००  ७ : २७ बजे