२१ माघ २०८२, बुधबार | Thu Feb 5 2026

कपिलवस्तु अस्पताल अगाडी युवाहरुको धर्ना, कोरोना विशेष अस्पताल बनाउन माग



गुलाम अली, तौलिहवा ।
कपिलवस्तु अस्पताललाई कोरोना विशेष अस्पताल बनाउन माग गर्दै अस्पताल आगाडि युवाहरुले प्रदर्शन गरेका छन् ।

जिल्लाका सांसदको पहलमा स्वास्थ्य सेवा बिभागले कपिलबस्तु अस्पताललाई कोरोना बिशेष अस्पताल बनाउन चाहे पनि अस्पताल प्रशासनले कुनै चासो नदिएको भन्दै दबाब स्वरुप युवाहरुले धर्ना दिएका हुन् ।

युवाहरु प्ले कार्डसहित अस्पतालको अगाडि धर्नामा बसेका छन ।

जिल्लामा कोरोनाका संक्रमित बढीरहेको बेला सुविधा सम्पन्न कपिलवस्तु अस्पतालमा कोरोनाका विरामी उपचार गर्नुपर्ने भएपनि अस्पताल प्रशासनले चासो नदिए पछि दबाब स्वरुप धर्नामा बसेको कपिबलस्तु चेम्बर अर्फ कमर्सका अध्यक्ष गोपी शर्माले बताउनुभयो ।

कोरोना संक्रमित दिनहुँ बढीरहेको बेला अस्पतालमा उपचार गर्नुको विकल्प नभएको शर्माले बताउनुभयो । जिल्लाका सबै सरोकारवालाहरुले अस्पतालमै कोरोना विरामी जाँच गर्नुपर्ने माग गरिरहेको उहाँले बताउनुभयो ।

संक्रमणको भयवह स्थिती देखिन थाल्दा पनि संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र तौलिहवा अस्पताल प्रशासनले कपिलबस्तुलाई दुई आखाँले हरेको भन्दै दबाब स्वरुप धर्नामा बसेको उद्योगी समेत रहनुभएका दिनेश हमालले बताउनु भयो । तत्काल अस्पतालमा कोभिड-१९ का संक्रमितलाई उपचार गराउने वातावरण मिलाउन उहाँले माग गर्नुभयो ।

तौलिहवाका युवा सोयब अहमदले कपिलवस्तु अस्पताललाई नै कोरोना बिषेश अस्पताल बनाउनुपर्नेमा जोड दिनुभयो । तौलिहवामा कोरोना बिषेश अस्पताल भयो भने यसको प्रत्यक्ष फाइदा जिल्लाबासीलाई हुने उहाँको विश्वास छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७७ मंगलबार ००:००  १२ : ३४ बजे