८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

दुई हजार नाघे संक्रमित, एकै दिन २ सय ८८ जना थपिए



मायादेवी अनलाइन, चार नम्बर ।
देशभर मंगलबार मात्र २ सय ८८ जनामा कोरोना भाइरस देखिएको छ । देशका विभिन्न जिल्लामा गरेर संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभयो ।

मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार मंगलबार रौतहटका ७४, स्याङ्जाका ५, पर्वतका ५, सप्तरीका १, बर्दियाका ३, बाँकेका १‍७, सुर्खेतका २७, दैलेखका ९, सल्यानका १८, अछामका १०, बाराका १, दाङका १७, प्युठानका १, कन्चनपुरका ८, कैलालीका १०, धनुषाका ६, महोत्तरीका २, सर्लाहीका २१, सिरहाका १७, भक्तपुरका १, धादिङका १, कपिलवस्तुका १६, काठमाडौं मेडिकल कलेजका ४ जना, नवलपरासी पूर्वका १, नवलपरासी पश्चिमका १, नुवाकोटका २, रूपन्देहीका १० संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा संक्रमित संख्या २०९९ पुगेको छ । तीमध्ये २६६ जना उपचारपछि डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।

पछिल्लो समय भारतबाट आएका मानिसहरूमा परीक्षण बढाउँदा संक्रमितको संख्या बढेको प्रवक्ता देवकोटाले बताए । उनका अनुसार अहिले देशभरि १ लाख ४५ हजारभन्दा बढी मानिस क्वारेन्टिनमा रहेको जानकारी दिए ।

प्रकाशित मिति : २० जेष्ठ २०७७ मंगलबार ००:००  ४ : २८ बजे