काठमाण्डौ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले सरकार सबै नागरिकमा न्यायको पहुँच पु¥याउन लागिपरेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा मन्त्री तुम्बाहाङ्फेले सबैलाई न्यायको प्रत्याभूति गराउनेतर्फ सरकार सचेत रहेको बताउनुभयो । उहाँले मोबाइल एपको माध्यमबाट हातहातमा कानुनको जानकारी पु¥याउने किसिमको व्यवस्था मिलाउनेतर्फ मन्त्रालय लागिरहेको बताउनुभयो ।
न्यायमा समान पहुँचका लागि आवश्यक कार्यक्रमहरु प्रस्तावित गरिएको भन्दै उहाँले एकीकृत कानुनी सहायता नीति कार्यान्वनसँगै कानुनी सचेतना अभियानलाई आउँदो वर्ष प्रभावकारी ढङ्गले अघि बढाइने बताउनुभयो ।
उहाँले खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐनको नियमावलीबारे कृषि तथा पशुपंक्षी मन्त्रालयले आफ्नो काम गरिसकेको र खुलेपछि प्रदेश र पालिकासँग छलफल गरेर अन्तिम टुङ्गो लगाइने स्पष्ट पार्नुभयो ।







प्रतिक्रिया