२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

यातायात मन्त्रीले भनेः आगामी वर्ष नेपालको झण्डा फहराउँदै रेल गुड्छ



काठमाडौं ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ्ले आगामी वर्षमा नेपालको झण्डा फहराउँदै चाइना जनकपुर रेल गुड्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नहरुको जवाफ दिँदै मन्त्री नेम्वाङले काठमाडौं केरुङ, काठमाडौं रक्सौल डिपिआर तयारका लागि छिमेकी मुलुक भारत र चीनसँग सम्झौता गरेर अगाडि बढाइएको जानकारी दिए ।

यस्तै उनले भारतले अतिक्रमण गरेको दार्चुलाको कालापानी नजिकैको क्षेत्र तिंकर पुग्ने सडक निर्माणका लागि सरकारले अलग्गै कार्यालय स्थापना गर्ने बताए ।

महाकाली करिडोरअन्तर्गत निर्माण भइरहेको उक्त सडकको खलंगा-तिंकर सडकको निर्माणलाई तीव्रता दिनका लागि अलग्गै कार्यालय स्थापना गरिने नेम्वाङले बताए ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७ सोमबार ००:००  ४ : ४२ बजे