२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

सरकारले यी क्षेत्रमा लकडाउन कायम राखेको छ



मायादेवी अनलाइन, चार नम्बर ।
सरकारले तीन चरणमा लकडाउन खोल्ने नीति अपनाएको छ । कोरोना क्राइसिस सेन्टर (सीसीएमसी) को पाँच चरणमा खोल्ने प्रस्तावलाई बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तीन चरणमा सीमित गरेको हो ।

पहिलो चरणमा सरकारले अत्यावश्यक सेवासहितका विभिन्न २१ क्षेत्र खोल्ने निर्णय गरेको छ । खुला रहने क्षेत्रहरूले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी जनस्वास्थ्यसम्बन्धी मापदण्ड र गृहमन्त्रालयले जारी गरेको सुरक्षा प्रोटोकलको भने अनिवार्य पालना गर्नुपर्नेछ ।

बैंक, वित्तीय संस्था, सबै कार्यालय (सरकारी–गैर सरकारी) मा आधा मात्र कर्मचारी राख्न सरकारले निर्देशन दिएको छ । त्यस्तै आजबाट जोर–विजोर नम्बर प्रणालीका आधारमा सवारी सञ्चालन गर्न अनुमति दिने सरकारले जानकारी गराएको छ । तर, सरकारले यसबाहेकका क्षेत्रमा भने बन्दाबन्दी कायम राख्ने निर्णय गरेको छ ।

सार्वजनिक यातायात

शैक्षिक संस्था, विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र
सपिङ मल, डिपार्टमेन्टल स्टोर
सिनेमा हल, पार्टी प्यालेस, डान्सबार र सबै प्रकारका मनोरञ्जनस्थल
अनुमति प्राप्त गरेका बाहेकका राष्ट्रिय–अन्तर्राष्ट्रिय उडान
तोकिएबाहेकका अन्तर्राष्ट्रिय सीमा नाकाबाट आवतजावत (भारतबाट आउने नागरिकको हकमा प्रदेश १, २, प्रदेश पाँच र सुदूरपश्चिममा गरी सरकारले २० नाका खुला राखेको छ)
सबै प्रकारका महोत्सव, जात्रा, मेला, सभा, सम्मेलन, प्रदर्शन आदि
२५ जनाभन्दा बढी भेला हुने बैठक, गोष्ठि, तालिम, सेमिनार आदि
सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल
व्यावसायिक रूपमा सञ्चालिन स्विमिङ पुल जिमखाना, साउना स्टिम, हेल्थ क्लब, मसाज सेन्टर, सैलुन, ब्युटि–पार्लर लगायत क्षेत्र
समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति
अत्यावश्यक सेवाका बाहेक सबै सवारी साधनको हकमा जोर–विजोर प्रणाली लागु गर्ने

पहिलो २१ दिनको स्थितिको विश्लेषण गरेर सरकारले १५ दिनसम्म थप क्षेत्र खुला गर्ने निर्णय गरेको छ ।

आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी विस्तृतमा प्रकाश पारिने एक मन्त्रीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७ बिहिबार ००:००  ९ : २५ बजे