बिष्णु कुमार आले, अर्घाखाँची ।
सरकारले कोरोना परीक्षणको दायरा बढाउँदै लगेको छ । अब सरकारीसँगै निजी ल्याबमा पनि पिसिआर परीक्षण हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी ल्याबमा पनि पिसिआर परीक्षणको अनुमति दिएको हो ।
आइतवार भएको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले यसबारेमा जानकारी दिएका हुन् । गौतमका अनुसार आवश्यक मापदण्ड पुरा गरेका निजी स्वास्थ्य संस्थाका ल्याबमा पनि अब कोरोना परीक्षण हुने छ ।
निजी ल्याबमा पिसिआर परीक्षण गर्दा लाग्ने खर्च पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यवस्था गर्ने जानकारी डा. गौतमले दिएका छन । डा.गौतमले भिसा तथा निरोगिताको प्रमाणपत्र लिनुपरेमा पिसिआर परीक्षण गराउन वीर अस्पताल, पाटन र त्रिवि शिक्षण अस्पतालको प्रयोगशालालाई तोकिएको जानकारी दिएका छन् ।
काठमाडौंसहित देशका विभिन्न भागमा पिसिआर परीक्षणको दायरा बढाउन मागसहित आन्दोलन भैरहेका छन् । सरकारले आरडिटी मात्रै गराएको आरोप लागिरहेका बेला यस्तो निर्णय आएको हो ।







प्रतिक्रिया