२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

कपिलवस्तुमा आजदेखि दुई सिफ्टमा सबै सरकारी कार्यालय खुल्ने



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा आज (सोमवार) देखि दुई सिफ्टमा सम्पुर्ण कार्यालय खुल्ला हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आइतबार एक सुचना जारी गदै गृह मन्त्रालयको परिपत्र अनुसार आगामी असार १ गते सोमवार देखि जिल्लाका सम्पुर्ण कार्यालयहरु दुई चरणमा सन्चालन हुने जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलद्धारा जारी सुचनामा यस्तो उल्लेख गरिएको छ । कोरोना भाइरस संक्रमणको सावधानी अपनाउदै सामाजिक दुरी कायम गर्ने, मास्क प्रयोग गर्ने, पटकपटक सावुनपानीले हात धुने लगाएत जनस्वास्थ्यको मापदण्द अनिवार्य पालना गदै सोमवार देखि सरकारी तथा गैरसकारी कार्यालय, बैंक तथा वित्तिय संस्थाहरु विहान ८ बजेदेखि दिउँसो १ बजेसम्म र दिउँसो १ बजे देखि बेलुकी ६ बजेसम्म कार्यालय खुल्ला गर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति : १ असार २०७७ सोमबार ००:००  ६ : १६ बजे