काठमाडौं ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कैलालीको एक क्वारेन्टिनमा भएको सामूहिक बलात्कारको घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।
कांग्रेसले सोमबार प्रेस विज्ञप्ति जारी गरेर कैलालीको लम्की चुहा नगरपालिकामा रहेको एक क्वारेन्टिनमा रहेकी महिलामाथि भएको सामूहिक बलात्कारको घटनामा संलग्नमाथि कारबाहीको माग गरेको हो ।
“क्वारेन्टिनमा बलात्कार जघन्य अपराध । दोषीलाई कारबाही गर, क्वारेन्टिनको बेथितिमा सरकार आफ्नो अनुहार हेर,” प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा छ ।
अव्यवस्थाका कारण देशका विभिन्न क्वारेन्टिनबाट नागरिक भागेका र क्वारेन्टिन सुरक्षाका लागि कि सजायका लागि भन्ने प्रश्न उब्जिएको कांग्रेसको भनाइ छ । “अन्ततः बलात्कारसम्मको घटनाले कम्युनिस्ट सरकारको शासकीय क्षमताको अनुहारमा कालो पोतिएको छ,” विज्ञप्तिमा भनिएको छ ।







प्रतिक्रिया