२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

घोराहीका वडा र स्वास्थ्य कार्यालय बन्द



दाङ ।
घोराही उपमहानगरपालिकाका विभिन्‍न वडामा स्वास्थ्यकर्मी सङ्क्रमित भएपछि कार्यालय बन्द गरिएको छ । स्वास्थ्यचौकी र उनीहरु आवतजावत गर्ने वडा कार्यालयसमेत बन्द गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

सङ्क्रमण पुष्टि भएका स्वास्थ्यकर्मी वडा कार्यालयमा बस्‍ने गरेकाले घोराही वडा ३ को वडा कार्यालय बन्द गरिएको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिए । त्यस्तै वडा ४ मा रहेको स्वास्थ्यचौकी पनि बन्द गरिएको छ । त्यहाँ कार्यरत दुई स्वास्थ्यकर्मी सङ्क्रमित भएका थिए ।

त्यसैगरी वडा २ को सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको कार्यालय पनि बन्द गरिएको छ । बुधबारदेखि सङ्क्रमित स्वास्थ्यकर्मी तथा वडा १७ र १८ का सङ्क्रमितका परिवारको कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलन सुरु गरिने उपमहानगर प्रमुख चौधरीले जानकारी दिए । घोराही १७ का १७ र घोराही १८ का दुईजनाको रिपोर्ट नआउँदै घर गएकाले कन्ट्याक्ट ट्रेसिङ गर्नुपरेको जनाइएको छ । (रासस)

प्रकाशित मिति : २ असार २०७७ मंगलबार ००:००  ५ : ४१ बजे