२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

बजेटको विरोधमा संसदमै गरे सांसदले मौनधारण



काठमाडौं ।
राष्ट्रिय जनता पार्टीका राष्ट्रियसभा सदस्य मृगेन्द्रकुमार सिंह यादवले बजेटको विरोधमा १० सेकेण्ड मौनधारण गरेका छन् ।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा विनियोजन विधेयक २०७७ मा मन्त्रालयगत शीर्षकमाथिको छलफलका क्रममा सांसदहरुलाई पक्षपात गर्ने विनियोजन विधेयकमाथि छलफलमा भाग नलिने भन्दै सिंहले विरोध स्वरुप दश सेकेन्ड मौनधारण गरेका हुन् ।

बैठक सञ्चालन गरिरहेकी राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालले यादवलाई विनियोजन विधेयकमाथि भनाइ राख्न ७ मिनेट समय निर्धारण गरेकी थिइन् । तर सांसद यादवले सरदर एक मिनेटमा आफ्नो भनाइ राखे र मौनधारण गरेर बसे ।

उनले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमतर्फ लक्षित गर्दै सत्तापक्षका सांसदहरुले नै क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गमा सांसदहरुलाई बर्गीकरण गरिएको बताएको र प्रतिपक्षका सांसदहरु श्रेणीविहीन वर्गमा परेको टिप्पणी गरे ।

प्रकाशित मिति : २ असार २०७७ मंगलबार ००:००  ५ : ४६ बजे