२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

धानको न्यूनतम मूल्य मन्त्रिपरिषद्‍मा पेश



काठमाडौँ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले धानको न्यूनतम मूल्य मन्त्रिपरिषद्‍मा पेश गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा धानको सर्मथन मूल्य मन्त्रिपरिषद‍्मा पेश गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

आर्थिक वर्ष ०७७ /७८ का लागि मोटा धान प्रतिक्विन्टल २७ सय ३५ र मध्यम २८ सय ८५ रुपैयाँ मूल्य मन्त्रिपरिषद‍्मा पेस गरिएको मन्त्रालयले जनाएको छ । कृषि मन्त्रालयका प्राविधिकले निकालेको धान उत्पादनको लागतमा किसानले घरबाट बजारसम्म ढुवानी गर्न लाग्ने खर्च १० प्रतिशत र बाँकी २० प्रतिशत मुनाफा सुनिश्चित गरेर मूल्य सिफारिस गरिएको हो जनाइएको छ ।

कृषिले आव ०७६ र७७ को तुलनामा आगामी आर्थिक वर्षलाई मोटा धान प्रतिक्विन्टल २०३ र मध्यम धान २१२ रुपैयाँ बढाएर मूल्य प्रस्ताव गरेको हो । आव ०७६र७७ मा मोटा धानको समर्थन मूल्य २५ सय ३१ रुपैयाँ ८० पैसा र मध्यमको २६ सय ७३ रुपैयाँ तोकेको थियो ।

यसअघि असारे धान बाली भित्र्याउने बेलामा मात्रै धानको समर्थन मूल्य तोक्ने प्रचलन थियो । चालु आर्थिक वर्षमा कात्तिक ५ गते सरकारले धानको सर्मथन मूल्य तोकेको थियो । धानको सर्मथन मूल्य तोकेपछि सरकारीले तोके जति मूल्यमा नबिकेको धान कृषकबाट सरकारले खरिद गर्नुपर्छ ।

प्रकाशित मिति : २ असार २०७७ मंगलबार ००:००  ५ : ४९ बजे