६ असार २०८३, शनिबार | Sat Jun 20 2026

ढुंगेल पक्राउ पछि वाइसिएलको ग्रजन (विज्ञप्ति सहित)



काठमाडौं, १४ कार्तिक ।
माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) ले पक्राउ परेका नेता बालकृष्ण ढुंगेललाई तत्काल रिहा गर्न माग गरेको छ।
मंगलबार दिउँसो विज्ञप्ति जारी गर्दै वाइसिएलले देश निर्वाचनमा होमिरहेका बेला ढुंगेलको पक्राउलाई आश्चार्यजनक घटना भएको बताएको छ।
वाइसिएले ढुंगेलको पक्राउ द्वन्द्वकालका घटना सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत हेरिने भन्ने शान्ति सम्झौताका मर्म्विपरित भन्दै यो निर्वाचन भाड्ने षडयन्त्र भएको बताएको छ।
‘ढुंगेललाई तत्काल रिहा नगरिए देशभरका ७७ वटै जिल्लामा द्वन्द्वकालीन मुद्दाहरु ब्यूँताएर घटनामा संलग्न नेपाली कांग्रेस र राप्रपाका नेताहरुमाथि मुद्दा दायर गर्ने पहलकदमी लिन वाइसिएलका मातहतका जिल्ला समितिहरुलाई निर्दे्शित गर्दछ’, विज्ञप्तिमा भनिएको छ।
यसअघि आज नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ललितपुरको सातदोबाटोबाट ढुंगेललाई पक्राउ गरेको थियो । जन्मकैदको सजाय पाएका ढुंगेललाई थप सजाय कटाउन डिल्लीबजारस्थित केन्द्रीय कारागार पठाइएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७४ मंगलबार ००:००  ११ : ०९ बजे