काठमाण्डौ ।
प्रमुख प्रतिपक्ष कांग्रेसले नागरिकता संशोधन विधेयकमा फरक मत राख्ने भएको छ । सभापति शेरबहादुर देउवाको निवासमा आज बिहान बसेको पदाधिकारी बैठकले राज्य व्यवस्था तथा सुशासन समितिबाट बहुमतका साथ नागिरकता विधेयक पारित भए पनि पार्टीले फरक मत राख्ने निर्णय गरेको हो ।
नेपाली पुरुषसँग विवाह गरी आएका विदेशी महिलालाई सात वर्षपछि अङ्गीकृत नागरिकता दिने नेकपाको सचिवालय बैठकले निर्णय गरिसकेको छ । आज बस्ने राज्य व्यवस्था समितिको बैठकले विदेशबाट विवाह गरेर आएकी महिलाले सात वर्षपछि मात्रै नागरिकता पाउने व्यवस्थासहितको विधेयक संशोधन पारित गर्दैछ ।
यसमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले सहमति जनाएका छैनन् । यस्तो व्यवस्था भए सामाजिक द्वन्द्व बढ्ने र विभेद हुने दुई पार्टीको अडान छ ।
७ असार २०७७ आइतबार ००:००
0
Shares







प्रतिक्रिया