२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

तानसेन रिडी खण्डमा पहिरोले ४ वटा सवारी बगायो, दुई जनाको शव फेला



पाल्पा ।
पाल्पाको तानसेन रिडी खण्डमा पहिरोले ४ वटा सवारी साधन बगाउँदा २ जनाको शव फेला परेको छ ।

एक जना गम्भीर घाइते भएकाको उद्धार गरेर थप उपचारका लागि अस्पताल पठाइएको छ ।
सदरमुकाम तानसेन देखि ७ किलोमिटर टाढा रिडी तानसेन सडक खण्डको सम्मोबारी नजिकै पहिरो खस्दा एउटा ट्यांकर, एउटा बोलेरो जीप, एउटा मिनी ट्रक र एउटा कार बगाएको हो ।

ती सवारी साधनमा कति मानिसहरु सवार थिए भन्ने यकिन जानकारी छैन । अहिले घटनास्थलमा नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरी सहित उद्धारकर्मीहरु पुगेका छन् ।

उक्त पहिरो डेढ सय मिटर लामो छ । अहिले पहिरो हटाउने काम भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : ८ असार २०७७ सोमबार ००:००  ६ : ११ बजे