२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

बाँकेमा भएको कार दुर्घटनामा दुई जनाको मृत्यु



बाँके ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका १ मा रहेको अगैया जङ्गलमा भएको कार दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।

मङ्गलबार दिउँसो पूर्वबाट पश्चिमको लागि छुटेको बा १४ च २७८९ नम्बरको कार अनियन्त्रित भइ सडक किनारको दायाँतर्फ रहेको रुखमा ठोक्किएर दुर्घटना भएको हो ।

कारका चालक भरतपुर महानगरपालिका १२ का ४१ वर्षीय कमल राज लम्साल र पूर्व नवलपरासी कावासोती नगरपालिका ८ का २२ वर्षीय क्षितिज राज कुँवरको ज्यान गएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवैको दिउँसो शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : ९ असार २०७७ मंगलबार ००:००  १० : १५ बजे