१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

चट्याङ लागेर विहारमा ८३ जनाले ज्यान गुमाए



एजेन्सी ।
बिहारमा चट्याङ लागेर ८३ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । भारतको आपत्कालीन प्रबन्धन विभागको अनुसार बिहीबार साँझ साढे ६ बजेको समयमा परेको चट्याङ लागेर ८३ जनाको ज्यान गएको हो । चट्याङ लागेर कैयौँ घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तर प्रदेशमा पनि चट्याङ लागेर कम्तीमा नौ जनाको ज्यान गएको छ ।

बिहारको २३ जिल्लामा चट्याङ पर्दा यति ठूलो सङ्ख्यामा मानवीय क्षति भएको हो । सबैभन्दा धेरै गोपालगञ्जमा १३ जनाको ज्यान गएको छ भन् मधुबनी र नबादामा आठ–आठ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : ११ असार २०७७ बिहिबार ००:००  ८ : ०८ बजे